मोटरसाइकल दुर्घटनामा परेका वडाध्यक्षको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा परेका वडाध्यक्षको मृत्यु

काठमाडौं। आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ।

नयाँ वर्षको दिन मन्दिरमा सरसफाइ गर्न गएका वडाध्यक्ष फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए। मन्दिरमा मेला लाग्ने भएकाले अधिकारी त्यता गएका थिए। कीर्तिपुर वृत्तका प्रहरीका अनुसार वडाध्यक्ष अधिकारी स्थानीयलाई लिएर वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइ गर्न जाँदै थिए।

मन्दिर पुग्न लाग्दा खुट्टा बाउँडिएपछि आफ्नो मोटरसाइकल छाडेर उनी छिमेकीको मोटरसाइकलमा लिफ्ट मागेर फर्किँदै थिए। फर्किँदा ओरालोमा ब्रेक फेल भएर मोटरसाइकल दुर्घटनामा परेको चालकले प्रहरीलाई बताएका छन्।

उनीहरू दुर्घटनामा परेको स्थानीयले देखेपछि प्रहरीले १० बजेतिर जानकारी गराएका थिए। प्रहरीले घटनास्थलबाट चालक र वडाध्यक्ष अधिकारीलाई उद्धार गरेको थियो। वडाध्यक्षको कानबाट रगत बगिरहेको थियो।

उनलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर लगिएको थियो। १० दिनदेखि अचेत रहेका वडाध्यक्ष अधिकारीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

अधिकारी अघिल्लो वर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर वडाअध्यक्षमा विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved