छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : महासचिव विप्लव

नेपालभ्युज

छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : महासचिव विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन्। शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको शिक्षा बहस कार्यक्रममा महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताए।

उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताए। उनले पार्टी सम्बद्ध ट्रेड युनियन वा संगठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए।

महासचिव विप्लवले भ्रष्टाचारको छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए। सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रूपैयाँ भन्दा कमको चार्ज नभएको उनले बताए। उनले पार्टीका संगठनहरू भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए।

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए। उनले आफ्नो पार्टी र संगठनमा भ्रष्टाचार नभएको दाबी गरे। उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved