उपनिर्वाचनको लागि तीनै क्षेत्रमा मतदान सुरु, मतदाता लाइनमा

बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु हुने भनिएपनि केही केन्द्रमा समयमै र केही केन्द्रमा केही ढिलो गरी मतदान सुरु भएको हो।

नेपालभ्युज

उपनिर्वाचनको लागि तीनै क्षेत्रमा मतदान सुरु, मतदाता लाइनमा
फाइल फोटो

काठमाडौं। बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु हुने भनिएपनि केही केन्द्रमा समयमै र केही केन्द्रमा केही ढिलो गरी मतदान सुरु भएको हो।

मतदान केन्द्रमा मतदाताहरू लाइनमा छन्। मतदातामा खासै उत्साह नदेखिएको जनाइएको छ। निर्वाचन आयोगका अनुसार बेलुका ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले भोट हाल्न सक्नेछन् ।

तीनै क्षेत्रमा सत्तागठबन्धन, विपक्षी नेकपा एमाले र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। बारा २ मा भने सत्ता गठबन्धनका जनमत पार्टीका उम्मेदवार समेत प्रतिस्पर्धामा छन्।

तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको र बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो। चितवन २ मा भने रवि लामिछानेको सांसद पद गएका कारण उपनिर्वाचन गर्न लागिएको हो ।

ती क्षेत्रमा आज सवारी चल्ने छैन। आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देशन गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved