कैलालीमा स्कारपियो दुर्घटना : एकको मृत्यु, ५ जना घाइते

नेपालभ्युज

कैलालीमा स्कारपियो दुर्घटना : एकको मृत्यु, ५ जना घाइते

धनगढी। कैलालीको गोदावरीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ५ गेटा ट्राफिक पोस्ट नजिकै बा. १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढी वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको हो। स्कारपियोमा सवार अन्य ५ जना घाइते भएका छन।

घाइते हुनेमा दार्चुलाको शैल्यशिखर-२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी-६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। हरिद्वारबाट आएको उक्त स्कारपियो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved