सीसीटिभी जडान गर्न प्रहरीलाई काठमाडौं महानगरको ६ करोड

महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ।

नेपालभ्युज

सीसीटिभी जडान गर्न प्रहरीलाई काठमाडौं महानगरको ६ करोड

काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ।

बिहीबार महानगरपालिका प्रमुख बालेन शाहको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाले दिने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिनभित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिनेछ ।
सम्झौतापछि महानगरका प्रमुख शाहले, सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved