‘ए’ डिभिजन लिग : जावलाखेल र एपीएफको जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : जावलाखेल र एपीएफको जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले नेपाल पुलिसलाई ६–१ गोलअन्तरले पराजित गरेको हो।

जावलाखेलको लागि फोडे फोफाना, हिसब थपलिया, एनकोटो मसाओबी र अब्दलअजीज नोशोनबेभले गोल गरे भने मोसेस ट्वुमले गोल फर्काए।

खेलको २९ औँ स्थानमा फोडेले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। ५० औँ मिनेटमा हिसबले जावलाखेलको लागि दोस्रो गोल गरे। ६५ औँ र ७२औँ मिनेटमा एनकोटोले जावलाखेलको लागि क्रमश: तेस्रो र चौथो गोल गरे।

८२ औँ मिनेटमा हिसबले जावलाखेलको लागि पाँचौँ गोल गरे। अब्दुलअजीज जावलाखेलको छैटौँ गोल गरे। ८८औँ मिनेटमा मोसेसले पुलिसको लागि पहिलो गोल गर्दै खेललाई ६–१ मा पुर्याए।

यस्तै, दशरथ रंगशालामा भएको खेलमा एपीएफ फुटबल क्लबले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्यो।

एपीएफको लागि अर्मान्ड विडोमको गोल नै निर्णायक बन्यो। २९औँ मिनेटमा अर्मान्डले गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved