‘ए’ डिभिजन लिग : एनआरटीले खुमलटारलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एनआरटीले खुमलटारलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीले एफसी खुमलटारलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

एनआरटीको लागि सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले गोल गरे भने खुमलटारको लागि श्यामु मुर्मुले गोल फर्काए। खेलको ६५औँ मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए।

८२औँ मिनेटमा सञ्जीवले एनआरटीको लागि दोस्रो गोल गरे। ८५औँ मिनेटमा माहिले एनआरटीको लागि तेस्रो गोल गर्‍यो। खुमल्टारको लागि खेलको ९०औँ मिनेटमा श्यामुले १ गोल फर्काए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved