उपनिर्वाचनको प्रचार तीव्र, चुनाव जित्ने आ-आफ्नो दाबी (भिडिओ)

त्यस्तै एमालेका न्यौपाने र कांग्रेसका श्रेष्ठले पनि अब अघिल्लो पटक जस्तो अवस्था नभएको भन्दै आफूहरूले जित्ने दाबी गरेका छन् । एमाले र कांग्रेसले दुवै स्थानीय राजनीतिमा भिजेका उम्मेदवारलाई रविविरुद्ध उतारेका छन्। ४ मंसिरको निर्वाचनमा रविले सबैभन्दा बढी मतान्तरले जितेका थिए ।

नेपालभ्युज

उपनिर्वाचनको प्रचार तीव्र, चुनाव जित्ने आ-आफ्नो दाबी (भिडिओ)

तनहुँ। १० वैशाखमा हुने उपनिर्वाचन नजिकिँदैगर्दा दलहरूले चुनावी प्रचारलाई तीव्र बनाएका छन्। तनहुँ २ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने चुनावी प्रचारमा छन्।

रविको उम्मेदवारीले पनि यो क्षेत्र बढी चर्चामा छ। चुनावी प्रचारमा निस्किएका लामिछानेले तनहुँ १ र बारा २ मा रास्वपाका उम्मेदवार विजयी हुने र चितवन २ मा भने आफूले अघिल्लो पटकभन्दा बढी मत ल्याउने दाबी गरेका छन्।

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

त्यस्तै एमालेका न्यौपाने र कांग्रेसका श्रेष्ठले पनि अब अघिल्लो पटक जस्तो अवस्था नभएको भन्दै आफूहरूले जित्ने दाबी गरेका छन् ।

एमाले र कांग्रेसले दुवै स्थानीय राजनीतिमा भिजेका उम्मेदवारलाई रविविरुद्ध उतारेका छन्। ४ मंसिरको निर्वाचनमा रविले सबैभन्दा बढी मतान्तरले जितेका थिए।

तनहुँ १ मा पनि कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेसहित दलका उम्मेदवारको चुनाव प्रचार पनि तीव्र छ।
यस्तै बारा २ मा पनि जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेलसहित उम्मेदवार चुनावी प्रचारमा निस्किएका छन् । बारा २ मा एमालेका पौडेलबाहेक प्रमुख दलका उम्मेदवारहरू यादव, कुशावाहा र खरेल पराजित भइसकेका उम्मेदवार हुन्।

जसप्रति किन उघ्रिएन जनप्रतिनिधिको दृष्टि ?  के चाहन्छन् चितवन -२ का मतदाता ? (भिडिओ)

हामीले उपनिर्वाचनको सन्दर्भमा भरतपुर महानगरपालिका र आसपास केन्द्रित भएर यी भिडिओ तयार पारेका हौँ। यहाँ प्रस्तुत भिडिओ नेपालभ्यूजका लागि फोटो पत्रकार सरोज बस्नेतले खिचेका हुन्। अरू पनि मल्टिमिडिया सामग्री स्थलगत रिपोर्टिङका क्रममा तपाईँलाई पस्कँदै जानेछौँ।

घण्टी ध्वनिको इपिसेन्टर चितवन, परकम्प तनहुँ ! 

घण्टीको ध्वनिसँग झस्किरहेका दुई ठूला दलका जिल्ला अध्यक्ष, मत फर्काउन रस्साकस्सी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved