जसप्रति किन उघ्रिएन जनप्रतिनिधिको दृष्टि ? के चाहन्छन् चितवन- २ का मतदाता ? (भिडिओ)

जसलाई चुनाव आए पनि नआए पनि राज्यका कुनै पनि अंगले सम्बोधन गर्न सकेका छैनन्

यी र अनेक विषयहरू हामीले भिडिओमा समेटेका छौँ। केही नागरिकले आफ्ना पीडा बोलेका छन्। केही नागरिकले विगतका जनप्रतिनिधिबारे चर्चा र उनका बाचा सम्झिएका छन्। चुनावमा प्रत्याशी उम्मेदवारका भनाइ पनि समेटेका छौँ।

नेपालभ्युज

जसप्रति किन उघ्रिएन जनप्रतिनिधिको दृष्टि ? के चाहन्छन्  चितवन- २ का मतदाता ? (भिडिओ)

भरतपुर। सांसदको काम कानुन बनाउने हो, सरकार बनाउन समर्थन गर्ने हो। चुनावमा उठेका उम्मेदवारलहरुले विकासको बाचा गरेर भोट मागे भन्दैमा जितेर गएपछि कहाँ त्यसो गर्छन् र ।

सबै नागरिकको पहिलो प्राथमिकता विकास र समृद्धि भए पनि आफ्नो भोटले जितेर गएपछि त्यो पुरा नभएको अधिकांश मतदाताले सुनाए।
यो कुरा हो, चितवन निर्वाचन क्षेत्र नम्बर २ को। जहाँ १० वैशाखमा उपनिर्वाचन हुँदैछ।

उम्मेदवारहरू चुनावी प्रचारको लागि मतदाताको घर दैलोमा छन्। उम्मेदवारहरू आफ्नो घरदैलोमा चहारिरहँदा नागरिकले उनीहरूसँग गुनासा राखेका छन्। उनीहरूले नेपालभ्युजसँग पनि आफ्ना यस्ता मर्काहरू राखे, जसबारे जनप्रतिनिधिको दृष्टि उघारिनै पाएको छैन। यहाँ हामीले प्रस्तुत गरेका भिडिओले उनीहरूका वास्तविक मर्का देखाउँछन्।

यो यस्तो मुद्दा बन्न पुगेको छ, जसलाई चुनाव आए पनि नआए पनि राज्यका कुनै पनि अंगले सम्बोधन गर्न सकेका छैनन्।

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

यी र अनेक विषयहरू हामीले भिडिओमा समेटेका छौँ। केही नागरिकले आफ्ना पीडा बोलेका छन्। केही नागरिकले विगतका जनप्रतिनिधिबारे चर्चा र उनका बाचा सम्झिएका छन्।  चुनावमा प्रत्याशी उम्मेदवारका भनाइ पनि समेटेका छौँ।

यहाँ प्रस्तुत भिडिओ नेपालभ्यूजका लागि फोटो पत्रकार सरोज बस्नेतले खिचेका हुन् । हामीले उपनिर्वाचनको सन्दर्भमा भरतपुर महानगरपालिका र आसपास केन्द्रित भएर यी भिडिओ तयार पारेका हौँ। लौ त, त्यहाँका मतदाताका पीरमर्का र गुनासा सुनौँ है त।

हामीलाई केही दिन पर्खनुस्। अरू पनि मल्टिमिडिया सामग्री स्थलगत रिपोर्टिङका क्रममा तपाईँलाई पस्कँदै जानेछौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved