सचिन तेन्दुल्करका छोरा अर्जुनको आईपीएलमा डेब्यू

आईतबार कोलकता नाइट राइडर्सविरुद्धको खेलमा अर्जुनले आईपीएलमा डेब्यू गरेका हुन्।

नेपालभ्युज

सचिन तेन्दुल्करका छोरा अर्जुनको आईपीएलमा डेब्यू

काठमाडौं। भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यू गरेका छन्।

आइतबार कोलकता नाइट राइडर्सविरुद्धको खेलमा अर्जुनले आईपीएलमा डेब्यू गरेका हुन्। डेब्यू खेलमा २ ओभरमा बलिङ गरेका अर्जुनले १७ रन खर्चिए।

मुम्बईको लागि अर्जुनले पहिलो ओभरमा नै बलिङ गरेका थिए। तेस्रो ओभरमा पुन बलिङ गर्न आएका अर्जुन विकेट लिन भने असफल रहे।

२३ वर्षका अर्जुन बाँया हाते तीव्र गतिको बलिङको लागि प्रसिद्ध छन्। बाँया हाते ब्याटर अर्जुनले भारतको यू–१९ क्रिकेट टोलीबाट पनि खेलिसकेका छन्। विगत दुई संस्करण्मा मुम्बईसँग आबद्ध भएका अर्जुनले डेब्यू भने गर्न पाएका थिएनन्।

गत वर्ष रणजी ट्रफिमा उनले सान्दार शतक प्रहार गरेका थिए। अर्जुनको बुबा सचिनले मुम्बईको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१३ सम्म आइपीएल खेलेका थिए। सचिनले सन् २०१३ मा सन्यास लिएका थिए।


Comment

One thought on “सचिन तेन्दुल्करका छोरा अर्जुनको आईपीएलमा डेब्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved