परराष्ट्रमन्त्रीमा एनपी साउद पक्का

नेपालभ्युज

परराष्ट्रमन्त्रीमा एनपी साउद पक्का

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन पी साउद परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ। भोलि नै उनले शपथ लिने तयारीसमेत भएको छ ।

सत्ता गठबन्धनमा भएको भागबण्डामा कांग्रेसले ८ मन्त्रालय पाए पनि आन्तरिक भागबण्डा नमिल्दा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो ।

थप एउटा मन्त्रालय लिएर भागबण्डा मिलाउने प्रयास भइरहे पनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकैपटक पठाउन भने सकेको थिएन।

स्रोतका अनुसार उपचुनावअघि नै साउद परराष्ट्रमन्त्री बन्ने पक्का गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved