वर्षमान पुनको घरमा गोली चल्दा आमा घाइते, हवल्दार नियन्त्रणमा

नेपालभ्युज

वर्षमान पुनको घरमा गोली चल्दा आमा घाइते, हवल्दार नियन्त्रणमा
सांकेतिक तस्वीर।

काठमाडौं। प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन् ।

तीर्थमालीको देब्रे खुट्टामा गोली लागेकाे छ । गोली लागेपछि उनलाई तुरुन्तै अहिले ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो उनको उपचार भइरहेको छ। प्रहरी सहायक हवल्दार प्रकाश पुन प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमालीको नजिकका नाति पर्छन्। शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असावधानीवश’ गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मादक पदार्थ सेवन गरेका उनी गोली चलेपछि  भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

तीर्थमाया छोराहरू डेभिड पुन र प्रनिस पुनसँग बस्थिन् । नयाँ वर्ष मनाउने भन्दै प्रकाश पुन शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए ।

डेभिड र प्रनिस वर्षमानका भाइ हुन् । केही समयअघिसम्म प्रकाश पनि त्यही घरमा बस्ने गरेकामा अहिले उनी छुट्टै डेरा लिएर बस्ने गरेको प्रहरीले स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved