उपप्रधानमन्त्री श्रेष्ठद्वारा तीनवटा कृति संयुक्त रुपमा विमोचन

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठद्वारा तीनवटा कृति संयुक्त रुपमा विमोचन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘नयाँ युगमा चीन’ सहित तीन कृतिको संयुक्त रुपमा विमोचन गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आचार्यको ‘नयाँ युगमा चीन’सहित वासुदेव ढकालद्वारा लिखित ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगाप्रसाद उप्रेतीको नेपाली कविता चक्रव्यूहको अनुवाद संग्रह ‘एन इम्पेनेट्रेबल फोर्टिफिकेसन’को विमोचन गरेका हुन् ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पुस्तकहरु नेपाली विकासको प्रक्रियालाई अघि बढाउन र सांस्कृतिक आदान–प्रदानको लागि महत्त्वपूर्ण हुने बताए ।

आचार्यद्वारा लिखित पुस्तकमा सन् २०१२ मा सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव भएदेखि सन् २०२२ सम्मको यात्रालाई समेटिएको छ ।

ढकालद्वारा लिखित ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ पुस्तकमा एउटा चिनियाँ यात्री फाहियानको यात्राको विवरणलाई उल्लेख गर्नुका साथै गौतम बुद्धको जन्मभूमि र बौद्ध धर्मको बारेमा चर्चा गरिएको छ ।

उप्रेतीको नेपाली कविता चक्रव्यूहको अनुवाद संग्रह ‘एन इम्पेनेट्रेबल फोर्टिफिकेसन’ लाई अद्योध्यनाथ चौधरीले अनुवाद गरेका हुन्।  तीनै कृति मकालु प्रकाशन गृहले प्रकाशित गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved