कारबाहीमा परेपछि ढाकाकुमारले भने- पार्टीले ममाथि ‘स्टन्टबाजी गर्‍यो, सभापति कानुनभन्दा माथि भए 

गत आइतबार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोडको बार्गेनिङ्ग गरेको अडिओ सार्वजनिक भएको थियो । यसपछि उनी कारबाहीमा परेका हुन् । 

नेपालभ्युज

कारबाहीमा परेपछि ढाकाकुमारले भने- पार्टीले ममाथि ‘स्टन्टबाजी गर्‍यो, सभापति कानुनभन्दा माथि भए 

काठमाडौं । कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीले आफूमाथि ‘स्टन्टबाजी’ देखाएको बताएका छन् ।

२ करोडको ‘बार्गेनिङ्ग’ प्रकरणमा मुछिएका श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । बुधबार साँझ बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेपछि नेपालभ्यूजसँग संक्षिप्त प्रतिक्रिया दिएका श्रेष्ठले भनेका छन्, ‘पार्टीले ममाथि स्टन्टबाजी गर्‍यो ।’

रास्वपाले ढाकाकुमारलाई गर्‍यो कारबाही, साधारण सदस्यसमेत नरहने

पार्टीले प्रावधान र कानुनभन्दा माथि गएर आफूमाथि कारबाहीको डण्डी चलाएको आरोप श्रेष्ठको छ । ‘कानुनभन्दा माथि व्यक्ति होइन,’ उनले भने, ‘मविरुद्धको कारबाहीमा कानुनभन्दा माथि व्यक्ति भयो । सभापति कानुन र विधानभन्दा माथि भए ।’

उनले आफूमाथिको कारबाही प्रक्रियागत नभएको समेत जिकिर गरेका छन् । ‘कारबाही गरेपनि एउटा प्रक्रियाले हुन्छ होला नि त ? प्रक्रिया पनि छैन, केही पनि छैन । यसरी चल्छ त पार्टी ?,’ श्रेष्ठले सोधेका छन् ।

ढाकाकुमारको ठाउँमा विन्दबासिनी कंसाकार सांसद हुने

बुधबारको बैठकमा सहभागी भएका श्रेष्ठले आफूविरुद्ध अरु नै कोहीले षड्यन्त्र गरिरहेको बताउँदै ‘कोर टीमचाहिँ नखोज्ने ?’ भनेर प्रश्न गरेका थिए । त्यसमा सभापति रवि लामिछानेले कोर टीमबारे पछि छानबिन हुने  जवाफ दिएका छन् ।

रास्वपाले श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसदको रूपमा प्रतिनिधि सभा पठाउने निर्णय गरेको छ ।

गत आइतबार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोडको बार्गेनिङ्ग गरेको अडिओ सार्वजनिक भएको थियो । यसपछि उनी कारबाहीमा परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved