चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी

नेपालभ्युज

चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरस्थित टाइगरल्यान्ड  सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगो लागेको हो । आगोले रिसोर्टका ३ वटा सेमिनार हल जलेको छ ।

आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् भने भित्रका फर्निचर र अन्य सामग्रीमा समेत आगो लागेको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved