सिन्धलीमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

नेपालभ्युज

सिन्धलीमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेको हो

५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्यान गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved