माओवादी केन्द्रको संसदीय दलको विधान संशोधनका लागि कार्यदल

नेपालभ्युज

माओवादी केन्द्रको संसदीय दलको विधान संशोधनका लागि कार्यदल

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि पार्टीका प्रमुख सचेतक हितराज पाण्डको संयोजकत्वमा प्रतिनिधिसभाका सांसदहरू पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रियसभाका सांसदहरू जगप्रसाद शर्मा र गंगा बेलवासे सदस्य रहेको कार्य दल गठन गरेको हो ।

अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि सो कार्यदल बनाउने निर्णय गरिएको पार्टीको प्रमुख सचेतक पाण्डेले बताए।

कार्यदललाई १ महिनाभित्र पार्टी संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।

त्यसैगरी, बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो संसदबाट पारित गराउन माग गर्ने निर्णय पनि गरेको छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषदसम्बन्धि विधेयक तथा सम्पत्ति शुद्धिकरणसम्बन्धि विधेयक पनि छिटो पारित गर्नका लागि सदनमा माग गर्ने निर्णय पनि संसदीय दलको बैठकले गरेको प्रमुख सचेतक पाण्डेले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved