‘ए’ डिभिजन लिग : मछिन्द्रको सानदार जित, ओलावालेको ५ गोल

नेपालभ्युज

‘ए’ डिभिजन लिग : मछिन्द्रको सानदार जित, ओलावालेको ५ गोल

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ।

च्यासल रंगशालामा मङ्गलबार भएको खेलमा मछिन्द्रले खुमलटारलाई ७–३ को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागि अफिज ओलावालेले ५ गोलको योगदान गर्दा विजय भुजेल र विमल घर्ती मगरले १–१ गोल गरे।
खुमलटारको लागि भने मेसुके ओलुमोउ र स्टेफेन बिनोङले गोल फर्काए।

२४औँ मिनेटमा अफिजले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। २८औँ मिनेटमा अफिजले मछिन्द्रको लागि दोस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा विमलले मछिन्द्रको लागि तेस्रो गोल गरे।

५५ औँ मिनेटमा पाएको पेनाल्टीमा अफिजले चौथो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। ६२औँ मिनेटमा मेसुकेले गोल गर्दै खेललाई ४–१ मा पुर्‍याए।

त्यो गोल भएको १ मिनेटको अन्तरमा नै अफिजले मछिन्द्रको लागि चौथो गोल गरे। अफिजले ६७औँ मिनेटमा अफिजले मछिन्द्रको लागि पाँचौँ गोल गरे।

७६औँ मिनेटमा स्टेफेनले खुमलटारको लागि दोस्रो गोल गरे। ८१औँ मिनेटमा मेसुकेले खुमटारको लागि तेस्रो गोल गर्दै खेललाई ६–३ मा पुर्याए। खेलको ८६औैँ मिनेटमा विजयले मछिन्द्रको लागि सातौँ गोल गरे।

आर्मीद्वारा जावलाखेल पराजित

यसैगरी, अर्को खेलमा भने त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले जावलाखेललाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

आर्मीको लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे। जावलाखेलको लागि भने सुनील खड्काले गोल फर्काए।

खेलको १७औँ मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। ५५औँ मिनेटमा नवयुगले आर्मीको लागि दोस्रो गोल गरे।

६२औँ  मिनेटमा जावलाखेलको लागि सुनीलले गोल गर्दै खेललाई २–१ मा पुर्‍याए। ८०औँ मिनेटमा सुदिलले आर्मीको लागि तेस्रो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved