कपाल चम्काउने चिया सिड्स

नेपालभ्युज

कपाल चम्काउने चिया सिड्स

एजेन्सी । चिया सिड्समा एन्टीअक्सीडेन्ट, फाइबर, ओमेगा ३ फ्याटी एसिड, प्रोटिन तथा मिनरल भरपूर मात्रामा पाइन्छ । स्वास्थ्यसँगै कपालका लागि पनि चिया सिड्स एकदमै फाइदाजनक हुन्छ । यसको प्रयोगले तपाईं लामो तथा बाक्लो कपाल पाउन सक्नुहुन्छ ।

चिया सिड्सको प्रयोग तपाईं कपालका लागि पनि गर्न सक्नुहुन्छ । यसमा भिटामिन तथा मिनरलहरु पाइन्छन् जसले कपालसँग जोडिएको समस्याको निवारण गर्छ र कपाललाई बलियो बनाउन सहयोग गर्छ । यसमा राम्रो मात्रामा आवश्यक एमिनो एसिड पाइन्छ जसले कपाल तथा कपालको जरालाई फाइदा गर्ने गर्छ । जसले कपाललाई भित्रैदेखि चमकदार बनाउन सहयोग गर्छ ।

यो एउटा राम्रो सफ्टनिंग हो जसले एकदमै मरेको जस्तो कपालमा पनि जीवनदान दिने गर्दछ । चियासिड्सको प्रयोगले कपाललाई पातलो हुनबाट बचाउँछ जसले गर्दा कपाल सुन्दर तथा बाक्लो हुने गर्दछ । साथै यसले कपालको लम्बाई बढाउन पनि सहयोग गर्छ । यदी तपाईंलाई छिटो कपाल बढाउन छ भने चिया सिड्सको प्रयोग नियमित गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved