‘ए’ डिभिजन लिग : मछिन्द्रले संकटालाई हरायो, एनआरटीको पहिलो जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : मछिन्द्रले संकटालाई हरायो, एनआरटीको पहिलो जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले संकटालाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलमा मछिन्द्रले संकटालाई २–१ गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रको लागि विमल घर्ती मगर र आफिज ओलावालेले गोल गरे भने संकटाको लागि मनीष डाँगीले गोल फर्काए।

खेलको २०औँ मिनेटमा गोल गर्दै विमलले मछिन्द्रलाई अग्रता दिलाए। २२औँ मिनेटमा मनीषले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। खेलको ४६औँ मिनेटमा ओलावालेले मछिन्द्रको लागि दोस्रो गोल गर्दै खेललाई २–१ मा पुर्‍याए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा भने न्युरोड टिम एनआरटीले बाजी मार्‍यो। एनआरटीले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। यो एनआरटीको लिगमा पहिलो जित हो।

एनआरटीको लागि रोहन खड्गी र जेनिश प्रजापतिले गोल गरे। हिमालयन शेर्पाको लागि भने खमिर जी कन्डङ्वाले गोल फर्काए।

खेलको मिनेटमा खमिरले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए। खेलको ६७औँ मिनेटमा रोहनले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। ८९औँ मिनेटमा जेनिशले गोल गर्दै खेललाई २–१ मा पुर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved