ज्यान मार्ने धम्की पछी सलमानले किने नयाँ बुलेटप्रुफ गाडी

नेपालभ्युज

ज्यान मार्ने धम्की पछी सलमानले किने नयाँ बुलेटप्रुफ गाडी

काठमाडौं। बलिउड अभिनेता ‘टाइगर’ ‘दबगं र ‘भाइजान’ नामले चिनिएका सलमानले ‘निसान’ कम्पनीबाट सबैभन्दा महँगो सेतो ‘निसान पेट्रोल’ बुलेटपुफ्र कार किनेको समाचार स्रोतले बताएका छन्।

हालै मात्रै उनलाई मार्ने धम्की सहितको इमेल आएको थियो। त्यसपछि सलमानले यो कार किनेका हुन्। उनी मुम्बईभन्दा बाहिर रहेको बेला उनको घरको सुरक्षाका लागि भन्दै मुम्बई पुलिसले समेत अस्थायी प्रहरी पोस्टसहित सुरक्षा बढाएको थियो।

सुरक्षाका दृष्टिकोणले यो बुलेटप्रुफ कार विशेष मानिन्छ। दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो मानिएको यो कार हाल भारतीय बजारमा उपलब्ध छैन। सलमानले यो कार विदेशबाट आयात गरेका हुन्।

सलमान खानलाई लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको छ। उनले पत्रकार सम्मेलन गर्दै यो विषयमा पनि बोलेका थिए। उनलाई सोधिएको थियो, ‘सलमान सर, तपाई पूरै भारतको भाइजान हुनुहुन्छ। यस्तो अवस्थामा तपाईंलाई आउने धम्कीलाई कसरी हेर्नुहुन्छ?’

जवाफमा सलमानले मुस्कुराउँदै भने, ‘शुद्ध भारत के भाइजान नही हैं, किसी की जान भी हैं हम।’ (म धेरैको जीवन हुँं। भाइजान दाजुभाइहरूका लागि हो। धेरै मेरो दिदी बहिनी बन्न चाहन्छन्।) सलमानको जवाफले उनका फ्यान निकै खुसी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved