आईपीएल : रोमाञ्चक खेलमा पञ्जावले राजस्थानलाई हरायो

नेपालभ्युज

आईपीएल : रोमाञ्चक खेलमा पञ्जावले राजस्थानलाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई हराएको छ । गएराती गुहाहिटीमा भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको हो ।

पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो ।  राजस्थानका कप्तान सन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

शिम्रन हेटमायरले १८ बलमा ३६ रन बनाउँदा ध्रुब जुरेल १५ बलमा ३२ रनमा नटआउट रहे । पन्जाबका नाथन एलिसले ४ र अर्शदीप सिंहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो ।  पन्जाबका कप्तान धवनले ५६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक नटआउट ८६ रन बनाए भने प्रभसिमरन सिंह ६० रनमा आउट भए । राजस्थान रोयल्सका जेसन होल्डरले २ तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १/१ विकेट लिए ।

लगातार दोस्रो जित हात पारेको पन्जाब २ खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ। राजस्थान २ अंक सहित चौथो स्थानमा छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved