कर्णाली सरकारलाई समर्थन गर्नु एमालेको विशेष परिस्थिति : उपमहासचिव गुरुङ

कर्णाली सरकारलाई समर्थन गर्नु एमालेको विशेष परिस्थिति : उपमहासचिव गुरुङ

सुर्खेत। नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिनु विशेष परिस्थितिको उपज भएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा मंगलबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गुरुङले कर्णाली सरकारलाई एमालेले विश्वासको मत दिनु विशेष परिस्थितिको उपज भएको बताएका हुन् ।

राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलन हुने भएकाले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको उपज हो भएको उनले बताए ।

नेकपा एमाले अब सत्ता तोड्ने र जोड्ने खेलभन्दा माथि रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको उनको भनाइ थियो । ‘एमाले शालीन प्रतिपक्षमा बस्न चाहन्छ,’ उनले भने, ‘राष्ट्रको पक्षमा काम गर्दा शालीन र रचनात्मक तर राष्ट्रिय हितविपरीतको काम हुँदा जुझारु प्रतिपक्ष बन्नेछ ।’

देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका बेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उनको बताए । ‘सरकारले हनिमुन बिताइसके पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा देशमा अझै राजनीति अस्थिरता खेल कायमै रहेको छ ।’ उनले भने, ‘यो सरकारबाट समृद्धिको आशा गर्नु भुल हुनेछ ।’

भीम रावलले एमालेको ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएपछि अहिले मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको बताए ।

‘ग्रासरुट अभियान, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उनले गरेको असहयोगका बारेमा छानबिन भइरहेको छ ।’ उनले भने,‘उनलाई पार्टीको मूल प्रवाहमा ल्याउनका लागि बार्ता टोली गठन भएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved