स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर

धनुषा । स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।

जिल्लाको धनुषा धाम नगरपालिका–२, का ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।

जिल्लाको जनकनन्दी गाउँपालिका–५, बनरझुल्लास्थित सडक सडक खण्डबाट दुवै जनालाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएका संयुक्त प्रहरी टोलीले सवारी जाँचका क्रममा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा यादवको साथबाट १० लाख र सोही मोटरसाइकलमा पछाडि बसेका साहको साथबाट चार लाख नेपाली रुपियाँ बरामद भएको उहाँले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved