मन्त्रालयबारे सहमति नजुटेपछि आज पनि मन्त्रिपरिषद् विस्तार भएन

नेपालभ्युज

मन्त्रालयबारे सहमति नजुटेपछि आज पनि मन्त्रिपरिषद् विस्तार भएन

काठमाडौं। दश दलीय गठबन्धनभित्र मन्त्रालय बाँडफाँडको कुरा नमिलेपछि आज (बिहीबार) हुने भनेको मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ।

गठबन्धनभित्रका दलहरूले मन्त्रालय बाँडफाँडमा असहमति जनाएपछि मन्त्रिपरिषद् विस्तार नहुने भएको हो। बुधबार बसेको गठबन्धन दलको बैठकले भने मन्त्रालयको संख्या टुङ्गो लगाएको थियो।

बालुवाटार स्रोतका अनुसार संख्या टुङ्गो लागे पनि मन्त्रालयको नाममा सहमति नजुट्दा मन्त्रीपरिषद् बिस्तार नहुने भएको हो। चितवनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

उनले द्विपक्षीय र त्रिपक्षीय छलफल गरे पनि भागबन्डामा कुरा नमिलेको स्रोतको भनाइ छ। बुधबार बिहानै चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए।

बुधबार बसेको गठबन्धन दलको बैठकमा कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २–२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एक–एक मन्त्रालय लिने सहमति भएको थियो।

तर कुन मन्त्रालय कसले लिने भन्नेमा विवाद कायमै रहेको नेताहरुले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved