सत्तागठबन्धनमा मन्त्रालयको भागबन्डा मिल्यो, बिहीबार मन्त्रिपरिषद् विस्तार

सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुङ्गो लागेपछि बिहीबार मन्त्रिपरिषद् विस्तार हुने भएको हो।

नेपालभ्युज

सत्तागठबन्धनमा मन्त्रालयको भागबन्डा मिल्यो, बिहीबार मन्त्रिपरिषद् विस्तार

काठमाडौं। सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुङ्गो लागेपछि बिहीबार मन्त्रिपरिषद् विस्तार हुने भएको हो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए। सबै दललाई भागबन्डा गरिएको छ। बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको बैठकमा सहभागी नेताहरूले बताए।

सहमति अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २ दिइने छ। जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved