मन्त्रीको भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन

नेपालभ्युज

मन्त्रीको भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठक निष्कर्षविहीन बनेको छ । मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि मंगलबार  बसेको  सत्ता साझेदार १० दलको बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार  बैठक बुधबार बिहान ९ बजे पुनः बसेर सहमति खोज्ने प्रयास गरिनेछ ।

सत्ता गठबन्धनभित्र  मन्त्रालयको भागबण्डा हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति भने जुटाउन सकेका छैनन् ।

मंगलबार बिहानमात्रै उनले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved