मेयर्स कप : लगातार चौथो जितसँगै एपीएफ फाइनलमा

ललितपुर भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालभ्युज

मेयर्स कप : लगातार चौथो जितसँगै एपीएफ फाइनलमा

काठमाडौं। ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार चौथो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ३७ रनले पराजित गरेको हो। ललितपुर भने अंकविहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

१११ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ७३ रन बनायो। ललितपुरको लागि सोनी पाख्रिनले १५ र लक्ष्मी चौधरीले १० रन बनाइन्।

ललितपुरको लागि भने राजमती ऐरी र विन्दु बुढाले २–२ तथा इन्दु बर्मा, सीता राना मगर र सुश्मा श्रेष्ठले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेल्दा ६ विकेटको क्षतिमा ११० रन बनायो।

एपीएफको लागि राजमती ऐरीले अविजित ४१ र कप्तान सीता राना मगरले १९ रन बनाइन्। ललितपुरको लागि सृष्टि जैसी र सिमाना केसीले २–२ तथा मनीषा उपाध्याय र अस्मिना कर्मचार्यले १–१ विकेट लिए।

अर्को खेलमा कोशी र मधेस प्रदेश फाइनल प्रवेशको लागि आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved