सेल्फी डाँडामा पत्नी राधिकासँग ओली रोमान्टिक बन्दा…

सोही फोटो अहिले सञ्जालमा भाइरल बनिसकेको छ। भाइरल फोटोमा ओली पत्नी राधिकासँग फिल्मको पोस्टरमा देखिने हिरो हिरोनीको पोजमा बसेका छन्। ओलीले ३३ वर्षअघि फर्किँदै जेलबाट छुटेपछि सिधै बिहे गरेको रोचक प्रेमकहानी सुनाए।

नेपालभ्युज

सेल्फी डाँडामा पत्नी राधिकासँग ओली रोमान्टिक बन्दा…

काठमाडौं। अर्घाखाँचीको मसुरपाटा (सेल्फी डाँडा)मा पुग्नासाथ ओली एकाएक रोमान्टिक बने। अर्घाखाँचीको धरमपानीमा निर्माणाधीन अर्घा भगवती विमानस्थलको निरीक्षणपछि उनीहरू सेल्फी डाँडा पुगेका थिए।

डाँडा चौरको डिलमा ओली बसे। पत्नी राधिका शाक्यलाई तानेर आफूसँगै बसाए। ओली अप्रत्यासित रूपमा रोमान्टिक बन्दा उनका अघिल्तिर रहेका मानिसहरू आश्चर्यमा परे। राधिका त लाजले भुतुक्कै भइन्। मुख छोपिन्। राधिकाले लजाउनु स्वाभाविक नै थियो, पति ओलीले सार्वजनिक रूपमा प्रेम प्रकट गरेका कारण।

पल्लो डाँडा राताम्मै देखिन्थ्यो। गुराँस छपक्कै फुलेको थियो। ओलीले त्यतैतिर औँलाले इसारा गर्दै राधिकालाई देखाए। त्यही बेलामा अगाडिबाट अरूले फोटो खिचे। भिडिओ बनाए। सोही फोटो र भिडिओ अहिले सञ्जालमा भाइरल बनिसकेको छ। भाइरल फोटोमा ओली पत्नी राधिकासँग फिल्मको पोस्टरमा देखिने हिरो हिरोइनको पोजमा बसेका छन्।

रोमान्टिक मुडका ओलीलाई देखेर अरूले दुईबीचको प्रेमको सुरुआतबारे जिज्ञासा राखे। पहिलोपटक म्याडमलाई कहिले भेट्नुभयो? त्यो बेलाको डेटिङ कस्तो हुन्थ्यो ? यस्तो डाँडाकाँडा घुम्न जानुभयो कि नाइँ ? भनेर स्थानीयले सोधे।त्यसपछि ओली ३३ वर्षअघि फर्किँदै जेलबाट छुटेपछि सिधै बिहे गरेको रोचक प्रेमकहानी सुनाए।

‘‘ललितपुरको पाटनमा जन्मिएकी राधिकाले जीवनमा बिहे गर्दिनँ भनेर अड्डी कसेकी थिइन्। आफ्ना साथीसङ्गी सबैको बिहे भइसकेको थियो। तर, उनले बिहे नगर्ने आफ्नो धारणा परिर्वतन गरिनन्। तर, उनले जब मलाई भेटिन् बिहे गर्न तयार भइन्,’’ ओलीले सुनाए।

त्यहाँबाट ओली, पत्नी राधिका अर्घा मन्दिरको दर्शनका लागि गए। पूजापछि ओलीले स्थानीयलाई भेटे। त्यहाँ ओलीले अर्घाका स्थानीय गाइने समुदायको बाजासमेत बजाए। उनले सारङ्गी रेटे।

ओली सङ्गीतमा खास झुकाव राख्छन्। विभिन्न समारोह पुग्दा उनले बाजा बजाउने गरेका छन्। गीत पनि गाउँछन्। धेरै नजिकका मित्रलाई भेटेकाे जस्तै व्यवहार ओलीले देखाएपछि स्थानीय पनि खुसी देखिन्थे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved