संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गर्न सकेन : सांसद गौतम

नेपालभ्युज

संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गर्न सकेन  : सांसद गौतम
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको, तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने उल्लेख गरे।

उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभए पनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गरे।

सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरेका छन्। उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए।

दलित भनेर छुवाछुत गर्ने कुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने जिकिर गर्दै उनले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved