मानहानि मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो

नेपालभ्युज

मानहानि मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको अर्को दिन उनको सांसद पद गएको हो ।

भारतीय संसद् लोकसभा सचिवालयले सूचना निकालेर उनको लोकसभा सदस्यता रद्द गरिएको जनाएको छ । राहुल केरलको वायनाड सिटबाट सांसद चुनिएका थिए । भारतीय संविधानको अनुच्छेद १०२ को १ मा दोषी ठहर हुने व्यक्तिको सांसद पद खारेज हुने व्यवस्था छ ।

शुक्रबार सुरतको एक अदालतले मानहानि मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो । उनले ३० दिनभित्र माथिल्लो अदालतमा अपिल गर्न सक्ने पनि फैसलामा उल्लेख छ ।

चार वर्षअघि चुनावी प्रचारका क्रममा राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीसहित केही व्यक्तिको नाम लिएर किन सबै चोरको थर मोदी हुन्छ भन्दै प्रश्न गरेका थिए । त्यसपछि उनीविरुद्ध मुद्दा परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved