धादिङको थाक्रेमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु

नेपालभ्युज

धादिङको थाक्रेमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौैं। धादिङको थाक्रे गाउँपालिका-७ राम्चेमा शुक्रबार बिहान टिप्पर दुर्घटना भएको छ। दुर्घटनामा परी टिप्परचालक धादिङ राम्चेका अञ्जन तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

हाप्सेचौरबाट बज्रकालीस्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा. २ क ४७०० नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved