प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन पाइँदैन : तोशिमा

नेपालभ्युज

प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन पाइँदैन : तोशिमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोशिमा कार्कीले प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन नपाउने भन्दै खबरदारी गरेकी छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वस्वास्थ्यराज्यमन्त्रीसमेत रहेकी कार्कीले भनेकी छन्, ‘प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा कसैले कसैलाई डिभोर्स दिन पाइँदैन ।’ अगाडि उनले भनेकी छन्, ‘यो बाँझोपन भन्ने शब्द त प्रयोग नै गर्नु हुँदैन । नि:सन्तानपनचाहिँ अलिक स्वीकार्य शब्द हो । यसलाई संशोधन गर्नुपर्छ । बाँझोपन शब्दलाई निर्मूल पार्नुपर्छ ।’

उनले प्रजनन स्वास्थ्यमा समस्या भएकै कारण नेपाली समाजमा धेरै महिलाहरू डिभोर्सको सिकार हुनुपरेको उल्लेख गर्दै भनेकी छन्, ‘त्यही कारण कुनै पनि महिलालाई विस्थापन गर्न पाइँदैन, घरनिकाला गर्न पाइँदैन र डिभोर्स दिन पाइँदैन ।’

सुरक्षित मातृत्व एवम् प्रजनन अधिकार ऐनको सन्दर्भ जोड्दै उनले यदि प्रजनन स्वास्थ्यमा समस्या भएकै कारण कोही डिभोर्सको सिकार हुनुपरे सम्बन्धित निकायमा निवेदन गर्न सुझाव बाँडिन् । ‘यही ऐनको धारा २६ मा त्यसबारे व्यवस्था छ । त्यहीअुनसार तपाईंहरू निवेदन गर्न सक्नुहुनेछ,’ उनले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved