अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प जेल जाने सम्भावना : के हो डेनियलसँगको यौन प्रकरण ?

डेनियल्सले त्यो रात ट्रम्पसँग बिताएकी थिएन । उनका अनुसार त्यो बेला उनी ट्रम्प स्वामित्वको एक टिभीमा काम गर्दथिन । ट्रम्पको प्रस्ताव अस्वीकार गर्दा आफ्नो ‘टिभी सो’ बन्द गराई दिन सक्दछन् भन्ने डर उनको मनमा थियो ।

नेपालभ्युज

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प जेल जाने सम्भावना : के हो डेनियलसँगको यौन प्रकरण ?

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई पक्राउ गरिए प्रदर्शन गर्न समर्थकलाई सार्वजनिक आग्रह गर्दै आएका छन् । यो अभिव्यक्तिले उनी व्यक्तिगत असुरक्षाको भावनाले ग्रस्त छन भन्ने प्रष्ट हुन्छ । तर, यसको पछाडि कुनै राजनीतिक कारण भने छैन ।

पूर्वराष्ट्रपति ट्रम्पले यतिखेर पोर्नस्टार स्टोर्मी डेनियल्ससँग सन् २००६ मा भएको यौन सम्बन्ध गोप्य राख्न आफ्ना वकिल माइकल कोगेनमार्फत् १ लाख ३० हजार डलर गुपचुप रूपमा दिएको आरोप झेलिरहेका छन् ।

वयस्क सिनेमा उद्योगकी अभिनेत्री स्टोर्मी डेनियल्सको वास्तविक नाम स्टेफानी क्लिफोर्ड हो । उनी सन् १९७९ मा लुजियनामा जन्मिकी थिइन । सन् २००६ मा ट्रम्पसँग भेट हुँदा उनी २७ वर्षकी थिइन् । त्यो बेला ट्रम्पकी पत्नी मेलानिया सुत्केरी थिइन् । मेलानियाले ब्यारोन ट्रम्पलाई जन्म दिएकी थिइन । यो अवधिमा ट्रम्पले डेनियल्ससँग यौनसम्बन्ध कायम गरेका थिए ।

माइकल कोहेन ट्रम्पका लामो समयदेखिका व्यावसायिक वकिल थिए । यौन सम्बन्धलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका बेला सार्वजनिक नगर्न स्टोर्मी डेनियल्सलाई उक्त रकम ट्रम्पको तर्फबाट कोहेनले गोप्यरूपमा भुक्तान गरेका थिए ।

ट्रम्पले यो रकम राष्ट्रपति कार्यालयबाट माइकल कोहेनलाई सोधभर्ना गरेका थिए । त्यसको करिब दुई वर्षपछि कोहेनले यो कुरा एक कांग्रेस कमिटी सामु स्वीकार गरेका थिए । उनका अनुसार सन् २०१६ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा स्टोर्मी डेनियल्सले सन् २००६ मा उनीसँग ट्रम्पले कायम गरेको सहवास खुलासा गर्ने प्रयत्न गरेकी थिइन् । चुनावभन्दा करिब एक महिनाअघि उनलाई चुप बस्न सहमत गराइएको थियो ।

डेनियल्सका अनुसार उनलाई यसका लागि ट्रम्प समर्थकले आर्थिक प्रलोभनका साथै मानसिक दबाबसमेत दिएका थिए । ‘ट्रम्पको पिछा नछोडे’ ज्यान मार्ने धम्कीसमेत दिइएको थियो । राष्ट्रपति भएपछि ट्रम्पले यो रकमको सोधभर्ना कोहेनलाई स-साना टुक्रा रकममा गलत शीर्षक मिलाएर भुक्तान गरेका थिए। यसको छानबिन अहिले म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्रागले गरिरहेका छन् । यी आरोप सत्य सावित भए ट्रम्प पक्राउ पर्न सक्नेछन् ।

कोहेनले छानबिन समितिसामु घटनाक्रमलाई स्वीकार गरेका छन् । उनले त्यो रकम आफूलाई ११ पटकमा भुक्तानी दिइएको बताएका छन् भने त्यसमध्ये दुईपटकको चेकको प्रतिलिपिसमेत उपलब्ध गराएका छन् । यो घटना सार्वजनिक भएपछि कोहेनलाई ट्रम्प शासनकालमा एक वर्ष जेलमा राखिएको थियो ।

त्यसपछि उनको अवस्था नजरबन्दमा राखे जस्तो थियो । त्यसपछि कोहेन ट्रम्पबारे आफूलाई थाहा भएका सबै रहस्य छानबिन समितिलाई भन्न राजी भएका थिए । उनले वयानका क्रमका ट्रम्पलाई एक ‘धोकेबाज, नश्लवादी र ठग’ को संज्ञा दिएका थिए ।

छानबिनका क्रमका पोर्न स्टार डेनियल्स समेत तानिएकी थिइन् । उनले घटनाक्रमलाई स्वीकार गरेकी थिइन । उनले भनिन–‘ट्रम्प असाध्यै दुष्ट मान्छे हो । उनका समर्थकले मलाई मार्ने धम्की दिएका थिए, मारिनुभन्दा पैसा लिएर चुप लाग्नु उचित हो भन्ने मलाई लाग्यो र मैले त्यही गरेँ । ट्रम्प जेल गए भने म खुसीले सडकमा आएर नाच्नेछु ।’

स्टोर्मी डेनियल्सका तर्फबाट यो मुद्दा कानुन व्यवसायी माइकल अभेन्टीले लडिरहेका छन् । उनले डेनियल्सको तर्फबाट दायर गरेको एक मुद्दामा सार्वजनिक बदनामीका लागि कोहेनले डेनियल्सलाई थप ३ लाख डलर मुक्तानी गर्नुपर्ने माग गरिएको छ ।

ट्रम्पले भने यो सम्पूर्ण प्रकरणलाई अस्वीकार गर्दै आएका छन् । उनले स्टोर्मी डेनियल्ससँग आफ्नो कहिल्यै भेट नै नभएको, उनीसँग यौन सम्बन्ध हुन सक्ने सम्भावना नै नभएको, माइकल कोहेनले झुठो बयान दिएर आफूलाई फसाएको, आफूले कोहेनलाई भुक्तानी दिएको रकम अरु नै कामका लागि भएको र म्यानहटन अटर्नी ब्राग डेमोक्र्याट्स भएको हुँदा आफूलाई राजनीतिक पूर्वाग्रहको कारणले फसाउन खोजेको दाबी गर्ने गरेका छन् ।

स्टोर्मीले ट्रम्पसँगको आफ्नो पहिलो भेट एक गल्फ क्लबमा भएको बताएकी छन् । त्यो बेला उनी २७ वर्षकी हुँदा ट्रम्प ६० वर्षका थिए । गल्फ कोर्समा भेटपछि होटलका एक कर्मचारीले उनलाई ट्रम्पको स्विट डिनरका लागि आमन्त्रण भएको सूचना दिएका थिए।

त्यो बेला ट्रम्पसँग कभर पेजमा स्टोर्मीको फोटो छापिएको एक म्यागेजिन थियो । त्यस कभर फोटोलाई मुखतिर लाग्दै ट्रम्पले उनलाई प्रभावित गर्ने प्रयत्न गरेका थिए । त्यो रात डेनियल्सले ट्रम्पसँग बिताएकी थिएन । उनका अनुसार त्यो बेला उनी ट्रम्प स्वामित्वको एक टिभीमा काम गर्दथिन् । ट्रम्पको प्रस्ताव अस्वीकार गर्दा आफ्नो ‘टिभी सो’ बन्द गराई दिन सक्दछन् भन्ने डर उनको मनमा थियो ।

सन् २०१५ मा ट्रम्पले राष्ट्रपति निर्वाचनमा उठ्ने घोषणा गरे । त्यसपछि ट्रम्पका वकिल माइकल कोहेन र मित्र डेभिट पेकरले डेनिल्सलाई भेटेर सन् २००६ को यौन सम्बन्ध सधैँका लागि गोप्य राख्न भनेका थिए । त्यो बेला उनी एक म्यागजिनका लागि ट्रम्पसँगको यौन सम्बन्धको कथा सार्वनजिक गर्ने मनस्थितिमा थिइन ।

त्यसो नगर्नका लागि १ लाख ३० हजार डलरको डिल सन् २०१६ को जुन महिनामा भएको थियो । ठीक त्यही समयमा अन्य केही महिलाले ट्रम्पमाथि आफूसँग अवैध यौनसम्बन्ध कायम गरेको सार्वजनिक आरोप लगाएका थिए । तर, ट्रम्पले ती सबै आरोप अस्वीकार गर्दै गए ।

कोहेन र डेनियल्स बीचको लेनदेन भने सन् २०१६ को अक्टोबर २५ मा भएको थियो । ट्रम्प सन् २०२४ मा समेत रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार हुने आकांक्षा राख्दछन् । म्यानहटन न्यायाधिवक्ताको कार्यालयले केही दिनभित्र यसबारे निर्णय लिन सक्ने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved