हार्ट फेलियर, अट्याक र कार्डियक एरेस्टमा के छ फरक ?

डाक्टरका अनुसार धेरैजसोमा हार्ट फेलियरको संकेत १५ दिन वा यसभन्दा पहिलेदेखि नै देखिन थाल्छ ।

नेपालभ्युज

हार्ट फेलियर, अट्याक र कार्डियक एरेस्टमा के छ फरक ?

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पूर्ण रुपमा साँचो होइन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हुँदै जान्छ ।

यसले बिरामीको तत्कालै मृत्यु हुँदैन तर उसको जीवनमा खतरा भने बढ्छ । यस्तो समय छँदै सम्हालिन जरुरी हुन्छ । डाक्टरका अनुसार धेरैजसोमा हार्ट फेलियरको संकेत १५ दिन वा यसभन्दा पहिलेदेखि नै देखिन थाल्छ । यदि समयमै यसलाई पहिचान गरेर उपचार सुरु गरे खतराबाट जोगाउँछ ।

हार्ट अट्याक

हार्ट अट्याक तब हुन्छ जब मुटुको धमनी ब्लक भएर रगत मुटुसम्म पुग्न पाउँदैन । तर ब्लकेज धेरै भयो वा समयमै यसको ब्लकेज हटाइएन भने मुटुले काम गर्न छोड्छ र बिरामीको मृत्यु पनि हुन सक्छ ।

कार्डियक एरेस्ट

जब मुटु धड्किन बन्द गर्छ तब यसलाई कार्डियक एरेस्ट भनिन्छ । मुटुको धड्कनको लागि एक इलेक्ट्रिकल तरंग जिम्मेवार हुन्छ । जब यो तरंग रोकिन्छ तब मुटु पनि धड्किन छोड्छ । यसबाट बिरामीको मृत्यु नै हुन सक्छ ।

हार्ट फेलियर

यसमा मुटुको पम्प गर्ने क्षमता कमजोर हुन्छ । यसले बिरामीको तुरुन्त मृत्यु भइ हाल्दैन । तर समयमै उपचार हुन जरुरी हुन्छ । लापरवाही गरेमा यो पनि घातक हुन सक्छ ।
हार्ट फेलियरको संकेत कस्ता हुन्छन् ?

  • हार्ट फेलियर हुनाले ब्लडमा अक्सिजनको कमी हुन थाल्छ र यस्तोमा बिनाकारण थकाइ र कमजोरी महसुस हुन्छ ।
  • मुटुमा रगतको पर्याप्त सप्लाइ नहुनाले मुटुको धड्कन बढ्न थाल्छ ।
  • मुटुले सही तरिकाले रगत पम्प गर्न नसकेको खण्डमा मस्तिष्कसम्म सही तरिकाले रगत सप्लाइ हुन सक्दैन । यस्तोमा मस्तिष्कले भोक लागेको संकेत दिन पाउँदैन
  • शरीरमा सही तरिकाले रगत सप्लाई नहुनाले अनुहार र खुट्टा सुन्निन थाल्छ ।
  • शरीरमा रगतको सर्कुलेसन बिग्रनाले फोक्सोमा पानी भरिन थाल्छ । यस्तोमा सास फेर्न गाह्रो हुन्छ ।
  • फोक्सोमा पानी भरिनाले खोकीको समस्या देखिरहन्छ । यो हार्ट फेलियरको संकेत हुन सक्छ ।

मुटु स्वस्थ राख्ने ८ तरिका

  • तौल कम गर्ने
  • तनाव कम गर्ने
  • नियमित शारीरिक व्यायाम गर्ने
  • रक्तचाप नियन्त्रित गर्ने
  • मधुमेह नियन्त्रण गर्ने
  • कम्तीमा ८ घण्टा सुत्ने
  • धुम्रपान तथा मध्यपान सेवन नगर्ने

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved