अभिभावकको लडाईंले बच्चामा पर्ने असर

अभिभावकको झगडाले बच्चामा सम्बन्धलाई लिएर असुरक्षाको महसुस हुन्छ। जसले गर्दा भविश्यमा उनीहरु कसैलाई विश्वास गर्न सक्दैनन् ।

नेपालभ्युज

अभिभावकको लडाईंले बच्चामा पर्ने असर

एजेन्सी । यदि तपाईं आफ्नो बच्चाको स्याहार राम्रोसँग गर्न चाहनुहुन्छ भने श्रीमान श्रीमती आपसमा नलड्नुहोस् ।

अभिभावकको लडाईं तथ झगडाको बच्चामा एकदमै नराम्रो असर पर्छ । आउनुहोस् यसबारेमा विस्तारमा जानौं–

– अभिभावकको झगडाले बच्चाहरुमा सम्बन्धलाई लिएर असुरक्षाको महसुस हुन्छ जसले गर्दा भविश्यमा उनीहरु कसैलाई विश्वास गर्न सक्दैनन् ।

– त्यस्ता बच्चा जसका आमाबुवाहरु झगडा गर्ने गर्दछन्, उनीहरु साथी बनाउन पनि डराउँछन् । यस्ता बच्चाहरु धेरै कसैसँग घुलमिल हुँदैनन् ।

– जो बच्चाका अभिभावक एकआपसमा लड्छन् वा झगडा गर्छन्, त्यस्ता बच्चाहरु डराउने र आफूलाई बेसहारा महसुस गर्दछन् । उनीहरु कसैसँग केही भन्न पनि डराउँछन् साथै पढाईमा पनि ध्यान दिन सक्दैनन् ।

-यस्ता बच्चाहरु पछि गएर नराम्रो व्यवहार गर्ने खालका हुन्छन्, किनकी उनीहरुले यो कुरा आफ्नै आमाबुवाबाट सिकेका हुन्छन् ।

– भविश्यमा गएर बच्चाले पनि आफ्नो जीवनसाथीसँग त्यस्तै व्यवहार गर्ने, सधैं झगडा गर्ने, सहमतिमा नआउने खालको व्यवहार देखाउन सक्छ ।

– अभिभावकको झगडाको कारण कतिपय अवस्थामा बच्चाहरुले आफूलाई मान्ने गर्दछन् जसले गर्दा उनीहरु गलत कदम उठाउन पनि सक्छन् । त्यसैले बच्चाहरुको अगाडि झगडा गर्ने गल्ती कहिल्यै गर्नु हुँदैन ।

हरेक सम्बन्धमा सानोतिनो लडाईंहरु हुन्छन् । तर यसो हुन्छ भन्दैमा आफ्नै बच्चाहरुका अगाडि पार्टनरसँग चिच्याउने तथा गाली गर्ने खालको व्यवहार गर्नु हुँदैन । प्रेमपूर्वक समस्याको समाधान गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved