भूकम्पका कारण पाकिस्तानमा १२ जनाको ज्यान गयो

नेपालभ्युज

भूकम्पका कारण पाकिस्तानमा १२ जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।

हालसम्म पाकिस्तानमा मात्रै खैबर पख्तुनख्वा प्रान्तमा भूकम्पका कारण क्षति भएको विवरण प्राप्त भएको छ ।अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ म्याग्नेच्युट भूकम्पले पाकिस्तान र भारतमा पनि क्षति गरेको छ।

भारतको राजधानी दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी मृत्यु स्वात जिल्लामा भएको छ।अधिकारीका अनुसार पहिरोका कारण स्वात कलाम सडक पनि बन्द भएको छ ।

यसपछि तल्लो दिरमा चार जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए भने मलाकन्दमा एक जनाको मृत्यु भएको थियो । स्वात सैदु शरीफ अस्पतालमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।

जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले सबै कर्मचारीहरूलाई सतर्क गराइएको र सबै घाइतेहरूलाई चिकित्सा सुविधा उपलब्ध गराइएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved