चिनियाँ राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

नेपालभ्युज

चिनियाँ राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

एजेन्सी।  चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति र युक्रेनमा भइरहेको युद्ध अन्त्यको बारेमा कुराकानी भएको बीबीसीले जनाएको छ ।

चीनले रुस-युक्रेन युद्ध अन्त्यको लागि मध्यस्थता गर्न तयार रहेको उल्लेख गर्दै आएको छ  । केहि समयअघि बेइजिङ्ले १२ बुँदे योजना पनि अघि सारेको थियो । चीनले युक्रेन युद्ध संकट अन्त्य गर्न रुसलाई प्रस्ताव पठाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न चीनले पठाएको प्रस्ताव आफूले राम्ररी अध्यनन गरेको बताएका छन् । पुटिनले जिनपिङलाई युक्रेन विवाद अन्त्य गर्ने चिनियाँ प्रस्तावलाई आफूले सम्मानका साथ हेरेको बताए। उनले जिनपिङको भ्रमण यस विषयमा कुरा गर्ने अवसर भएको पनि बताए।

रुसको सरकारी टिभीले दुई नेताको भेटको फुटेज देखाएको छ, जसमा पुटिनले जिनपिङलाई “प्रिय मित्र, रुसमा स्वागत छ।” भनेको सुनिएको छ । यस्तै पुटिनले चिनियाँ राष्ट्रपतिलाई नयाँ कार्यकालको लागि बधाई दिँदै दुई देशको सम्बन्ध सुमधुर रहेको र थप नजिक हुनुपर्ने बताएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved