के एसिडिटी भएको बेला दुध पिउन हुन्छ ?

नेपालभ्युज

के एसिडिटी भएको बेला दुध पिउन हुन्छ ?

एजेन्सी । धेरै तारेको, भुटेको, मसालादार तथा जंकफूड आदिको सेवन गर्दा तपाईंलाई एसिडिटी हुन सक्छ । एसिडिटी भयो भने पेटमा दुखाई, सुन्निने, वान्ता हुने जस्ता समस्याहरु हुन सक्छन् ।

यदी तपाईं लामो समयदेखि एसिडिटीको समस्यामा हुनुहुन्छ भने यसले गम्भीर बिमारीको रुप लिन पनि सक्छ । एसिडिटी भएको खण्डमा तपाईंले आफ्नो खानपिनमा  विशेष ध्यान दिन जरुरी हुन्छ । धेरै व्यक्तिहरुको प्रश्न हुन्छ एसिडिटी भएको बेला दुध पिउन हुन्छ कि हुँदैन ?

एसिडिटीको समस्यामा खानपान अस्वस्थ तथा अनियमित भयो भने गम्भीर समस्याहरु देखिन पनि सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार एसिडिटी भएको बेला त्यस्तो चिजहरुबाट बच्नु पर्दछ जो पचाउन समय लाग्दछ । यस्तो समस्यामा धेरै फाइबर भएको खाना पनि कम मात्रामा खानुपर्दछ ।

एसिडिटीको समस्यामा दुध पिउन सकिन्छ तर यस्तो समस्यामा तातो वा मनतातो दुधको तुलनामा चिसो दुध धेरै फाइदाजनक हुन्छ । खासगरी दुधमा धेरै क्याल्सियम हुन्छ यसको सेवन गर्दा पेटको पीएच सन्तुलित रहन्छ । यसले एसिड रिफ्लक्सबाट छुट्कारा पाउन सहयोगी भुमिका खेल्छ । एसिडिटीमा दुध पिउन सकिन्छ तर दुधमा कुनै पनि अन्य पदार्थ मिसाउनु हुँदैन ।

यदी तपाईंलाई एसिडिटी भएको छ भने आफ्नो खानपिनमा शाकाहारी भोजन, थोरै ओखर तथा आलसको बीज जस्ता खाद्य पदार्थहरुलाई समावेश गर्नु पर्दछ । जसले तपाईंको एसिडिटीलाई कम गर्छ । यसबाहेक उमालेको तरकारीको सेवन गर्ने र अत्यधिक पानी पिउँदा एसिडिटी कम हुन्छ ।

एसिडिटीको समस्या खानपिनमा गडबडी र खराब जीवनशैलीका कारणले हुन्छ । धेरै चिया कफी आदिको सेवन गर्दा पनि एसिडिटीको समस्या हुन सक्छ । यदी एसिडिटीको समस्या लामो समय भइरहेको छ भने डाक्टरको सल्लाह लिन ढिला गर्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved