प्रधानमन्त्री निवासमा सत्ता साझेदार १० दलको बैठक सुरु

नेपालभ्युज

प्रधानमन्त्री निवासमा सत्ता साझेदार १० दलको बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवासमा सत्ता साझेदार १० दलको बैठक  सुरु भएको छ । बालुवाटारमा जारी  बैठकमा सत्ता बाँडफाँड, प्रधानमन्त्रीको विश्वासको मत लगायतको विषयमा छलफल हुने एक नेताले जानकारी दिए

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरत सिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved