एजेन्सी। औषधीय गुणहरूले भरिपूर्ण ओखर स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । साथै, यो छाला तथा कपालको लागि पनि फाइदाजनक छ । आज हामी ओखरको तेलको फाइदाहरू र प्रयोग गर्ने तरिका बारेमा बताउँदै छौं ।
ओखरको तेलमा कोलिन, भिटामिन ‘ई’, ‘के’, फ्याटी एसिड, एन्टीअक्सिडेन्ट, जिंक तथा एन्टीमाइक्रोबियल जस्ता गुणहरू पाइन्छन् जसले विभिन्न प्रकारले शरीरमा फाइदा गर्दछ ।
स्वस्थ मुटुका लागि
ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण ओखरको तेलले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले खराब कोलेस्ट्रोललाई कम गर्छ । ओखरको तेलले मुटुसँग जोडिएका रोगहरूको जोखिमलाई कम गर्दछ ।
चायाँ हटाउनका लागि
ओखरको तेलमा एन्टीफंगल गुण पाइन्छ जसले तपाईंको टाउकाको छाला सफा राख्ने काम गर्छ । यसले मालिस गरेमा चायाँबाट छुट्कारा पाउन सकिन्छ।
संक्रमणबाट राहत पाउन
ओखरको तेलले छालामा हुने संक्रमणबाट जोगाउँछ । यसले छाला चिलाउने, फोका उठ्ने, पोल्ने जस्ता समस्याहरूबाट छुट्कारा दिन्छ ।
तनाव कम गर्न
ओखरको तेलमा ओमेगा ३ फ्याडी एसिड हुने भएकाले यसले तनाव कम गर्न मद्दत गर्छ । साथै, मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यसको सेवन गर्नाले दिमाग पनि तेज हुन्छ ।
हेमोग्लोबिन बढाउनका लागि
ओखरको तेलको नियमित सेवनले शरीरमा हेमोग्लोबिन (रगत) को मात्रा बढ्छ । यसमा पाइने म्याग्नेसियम लगायतका तत्वले रगतको संचालनलाई राम्रो बनाउँछ ।
एन्टी एजिंगबाट छुट्कारा पाउन
ओखरको तेलले मालिस गर्दा बढ्दो उमेरले छालामा देखिने समस्याहरूबाट छुट्कारा दिन्छ । र तपाईंको छाला सधैं जवान देखिनेछ ।
कपाल बढाउनका लागि
ओखरको तेलमा कपरको मात्रा पाइन्छ । जसले नयाँ कपाल उमार्न सहयोग गर्छ । यसमा आइरन पनि पाइन्छ जसले टाउकोमा हुने रक्तप्रवाहलाई राम्रो बनाउँछ र कपाल सुन्दर हुन्छ ।
ओखरको तेललाई प्रयोग गर्ने तरिका
– यसलाई खाना तथा सलादहरूमा प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
– त्यस्तै, छालाको लागि थोरै तेल लगाएर मसाज गरेमा फाइदा हुन्छ ।
– कपालका लागि कपाल तथा टाउको र कपालको जराहरूमा तेल लगाएर हल्का हातले मसाज गर्दा फाइदा हुन्छ ।