राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

नेपालभ्युज

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।
शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए ।

उनले शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए ।

उनले भने, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवद्र्धन गर्नमा मेरो इमान्दारिताकासाथ भुमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ ।’

उनले अगाडी थपे,  ‘हाम्रो क्षेत्रका जनताकै मतका कारण म यहाँसम्म आइपुगेको हो । उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भुमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved