उपराष्ट्रपति चुनाव आज,  गठबन्धनलाई भोट क्रसको डर

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

नेपालभ्युज

उपराष्ट्रपति चुनाव आज,  गठबन्धनलाई भोट क्रसको डर

काठमाडौं। उपराष्ट्रपति चयनका लागि आज शुक्रबार चुनाव हुँदैछ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो ।

उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । तर निर्धारित समयमा उम्मेदवारी फिर्ता नलिएकाले उनको नाम पनि मतपत्रमा कायमै हुनेछ ।

सत्ता गठबन्धनले उपराष्ट्रपतिमा सहमति जुटाउने प्रयास गरेपनि त्यो सफल भएन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले जनमतकी ममता झालाई छुट्टै अघि सारेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ ।

सर्सर्ती हिसाब गर्दा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका रामसहाय यादव विजय हुन देखिन्छ । तर एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यको पक्षमा मत क्रस भएर जाने डर गठबन्धनमा देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved