दशवटा टाउका भएका दश दल होइनन्, रावण हुन् : ओली

अष्टलक्ष्मीलाई जसरी पनि जिताउन निर्देशन

नेपालभ्युज

दशवटा टाउका भएका दश दल होइनन्, रावण हुन् : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई जिताउन जस्तोसुकै दुःख गर्न सांसदहरूलाई निर्देश गरेका छन्।

उनले केही अरु पार्टीका सांसदलाई फकाएर भए पनि अष्टलक्ष्मीले जित्नैपर्ने बताए। ‘तपाईंहरू के बुझ्नुस् भने यो निर्वाचन अष्टलक्ष्मीले जित्नैपर्छ’ उनले भने–‘यसका लागि हरेक संघीय सांसद र प्रदेशसभा सदस्यले अर्काे एक-दुई जनालाई मिलाउनुपर्छ।’

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा ओलीले दश दलीय गठबन्धनलाई रावणको संज्ञा पनि दिए ।

‘सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने संविधानको व्याख्यासम्बन्धी लेखाइको मर्म के हो ? सिंगो हाम्रो संविधानको दिशानिर्देश के हो ? त्यै अनुसार व्याख्या गरिनुपर्ने हो’ उनले भने–‘दश दलीय गठबन्धन छ। जब दशवटा टाउको एकै ठाउँमा रावणको थियो। दशवटा टाउको एकै ठाउँमा भएपछि त्यो रावण हुन्छ। अहिलेको रावण पनि महिलाको हक अधिकारलाई हनन गर्न लागेको देखिन्छ।’

उनले जसपाको रामसहाय यादवलाई उम्मेदवार बनाएकोमा समेत आक्रोश पोखे । स्थानीय तहको निर्वाचनमा पनि महिलाको अधिकारलाई हनन गरेकाहरूले अहिले अर्को कपट गरेको उनको भनाइ थियो । उपराष्ट्रपतिको निर्वाचनमा संवैधानिक रूपमा सन्तुलन मिलाउन उपराष्ट्रपति महिला हुनुपर्ने उनको भनाइ थियो।

उनले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर देखिएको जस्तो लागे पनि अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने भन्दै उनले त्यसका लागि सबै पार्टीसँग कुरा गरिरहेको र सांसदहरूले पनि आफ्ना एकदुई जना सांसद साथीहरूलाई मिलाउन निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved