आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सिधै आईएमई पे वालेटमा प्राप्त गर्ने सम्झौता

नेपालभ्युज

आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सिधै आईएमई पे वालेटमा प्राप्त गर्ने सम्झौता

काठमाडौं। आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सिधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्नुहुन्छ ।

विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहेको मित्रजन तथा परिवारलाई पठाउनुभएको रकम सजिलैसँग आईएमई पेमा प्राप्त गर्न सकिन्छ ।

आईएमई पेको बारेमा

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

आईएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली – २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा  स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुबिधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

२० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved