अमेरिकी साम्राज्यवाद पतन भयो : मादुरो

नेपालभ्युज

अमेरिकी साम्राज्यवाद पतन भयो : मादुरो

अर्जेन्टिना। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताएका छन्। अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताएका हुन् ।

“अमेरिकी साम्राज्यवाद पतनोन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्।” राष्ट्रपति मादुरोले यद्यपि ह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उनले स्वीकार गरेका छन् ।

अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेहो आरोप भेनेजुएलाका राष्ट्रपतिले लगाउनुभएको छ ।

उनले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको जनाउँदै अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेका बताए ।– रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved