विहारका पूर्व मुख्यमन्त्री लालु यादवको घरमा छापा, ६ अर्ब भारुको अवैध लेनदेन भेटिएको दाबी

नेपालभ्युज

विहारका पूर्व मुख्यमन्त्री लालु यादवको घरमा छापा, ६ अर्ब भारुको अवैध लेनदेन भेटिएको दाबी

एजेन्सी। भारतको प्रवर्तन निर्देशनालयले बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव र उनको परिवारमाथि छापा मारेको छ ।

प्रवर्तन निदेशालय (ईडी) ले एक विज्ञप्ति जारी गर्दै रेलवेमा कामको लागि जग्गा घोटालाको सम्बन्धमा शनिबार २४ ठाउँमा छापा मारिएको जानकारी दिएको छ।

छापा मार्दा एक करोड रुपैयाँ अघोषित नगद बरामद भएको छ, जसमा १९ सय डलर समेत समावेश छ।

ईडीका अनुसार ५ सय ४० ग्राम सुन र १.५ किलो सुनका गहना पनि बरामद गरिएको छ। ईडीले अहिलेसम्म गरेको अनुसन्धानमा अपराध मार्फत जम्मा भएको ६ सय करोडको अवैध लेनदेन भएको दाबी गरेको छ ।

ईडीले दिल्लीमा ४ लाखमा किनेको बंगलाको वास्तविक मूल्य १ सय ५० करोड रुपैयाँ रहेको दाबी पनि गरेको छ ।

बिहारका उपमुख्यमन्त्री तथा लालुप्रसाद यादवका छोरा तेजस्वी यादव शुक्रबार न्यू फ्रेन्ड्स कालोनीस्थित बंगलामा छापा मार्दा त्यहाँ उपस्थित थिए।

सीबीआईले तेजस्वी यादवलाई शनिबार सोधपुछका लागि हाजिर हुन नोटिस समेत दिएको थियो । तर तेजस्वी सीबीआई समक्ष उपस्थित भएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved