भान्छामै छ सामान्य ज्वरोको औषधी

नेपालभ्युज

भान्छामै छ सामान्य ज्वरोको औषधी

एजेन्सी । कहिलेकाँही हामीलाई मौसमको परिवर्तन वा अन्य कारणले पनि सामान्य ज्वरो आइरहेको हुन्छ । जसलाई निको पार्न औषधीको सेवन सामान्य बनेको छ ।

यस्तोमा हामी केही घरेलु उपाय बारे बताउने छौं । जसलाई बुढादेखि बच्चा सबैले सेवन गर्न मिल्छ । ती घरेलु औषधी तपाईंको भान्छामै उपलब्ध छन् ।

धनियाँको पात

धनियाँको पातको प्रयोग हामीले सधैं खानामा गरिरहन्छौं । यसले खाना स्वादिलो बनाउनका साथै यो स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । यदि सामान्य ज्वरो आएको छ भने एक गिलास पानीमा धुनियाँका पात राखेर केहीबेर छोड्नुहोस् । केही समयपछि उक्त पानी पिउनुहोस् तपाईंको ज्वरो छिटै निको हुनेछ ।

ज्वानोको पात

ज्वानोको पात त्यति सजिलोसँग बजारमा त पाइँदैन । तर यदि तपाईंले आफ्नो करेसाबारी वा गमलामा लगाउनुभएको छ भने त्यसले ज्वरोको उपचार गर्न सकिन्छ । यसको पातलाई पानीमा मिसाएर पिउँदा पनि ज्वरो कम हुन्छ ।

तुलसीको पात

तुलसीको बोट पनि प्रायः घरमा हुन्छ । यदि रातिमा स्वास्थ्य बिग्रिए पनि चिन्ता छैन घरमा तुलसी छ भने । सामान्य ज्वरो आएको छ भने तुलसीको पातलाई पानीमा राखेर पिउँदा फाइदा हुन्छ । यदि तपाईंलाई धेरै ज्वरो छ भने तुलसीको चिया बनाएर पनि पिउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved