उपत्यकामा तीन विद्यार्थी संगठनबीच भागबण्डा, एमाले अखिल एक्लै मैदानमा

नेपालभ्युज

उपत्यकामा तीन विद्यार्थी संगठनबीच भागबण्डा, एमाले अखिल एक्लै मैदानमा

काठमाडौं ।  आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलका विद्यार्थी संगठनले तालेमल गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबीच उपत्यकाका प्रमुख क्याम्पसको नेतृत्वका लागि तालमेलको सहमति भएको हो ।

भागबण्डाअनुसार कांग्रेस निकट नेविसंघले १५ वटा क्याम्पस, माओवादी निकट अखिल क्रान्तिकारीले १० वटा र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले ३ वटा क्याम्पसमा स्ववियु सभापति लिनेगरी तालमेल भएको हो।

सहमितमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिककारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन्। उक्त सहमति अनुसार नेविसंघले १५, अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पस सभापतिको तालमेलमा उम्मेदवारी दिनेछन्।

सहमति अनुसार नेविसंघले त्रिचन्द्र, शंकरदेव, पद्मकन्या क्याम्पस बागबजार, नेपाल कमर्श क्याम्पस मीनभवन, पशुपति बहुमुखी क्याम्पस चाबहिल, पाटन संयुक्त क्याम्पस पाटनढोका, आाइओएम महाराजगञ्ज, आयुर्वेद क्याक्पस, जनप्रशासन क्याम्पस, सरस्वती क्याम्पस, ग्रामीण आदर्श, कोटेश्वर बहुमुखी, भक्तपुर बहुमुखी, कान्तिपुर इन्जिनियरिङ पाएको छ।

यस्तै,  अखिल क्रान्तिकारीले थापाथली क्याम्पस, सानोठिमी क्याम्पस, पुल्चोक क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिक युथ, विश्वभाषाको नेतृत्वमा उम्मेदवारी दिनेछ भने  अनेरास्ववियूले रत्नराज्यलक्ष्मी (आरआर), महेन्द्र रत्न क्याम्पस र बानेश्वर क्याम्पसको सभापतिमा उम्मेदवारी दिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved