तनावले महिलाको प्रजनन क्षमतालाई कसरी प्रभाव पार्छ ?

नेपालभ्युज

तनावले महिलाको प्रजनन क्षमतालाई कसरी प्रभाव पार्छ ?

एजेन्सी। तनाव एउटा यस्तो समस्या हो, जो तपाईंको स्वास्थ्यलाई कैयौं प्रकारले प्रभावित पार्ने काम गर्दछ । यो रक्तचापदेखि लिएर मुटु तथा दिमागको बिमारीहरूको कारण बन्न सक्छ ।

महिलाहरूमा हुने तनावका कारण यही हो कि, स्वास्थ्य विशेषज्ञहरूले तनावबाट जति सक्यो त्यति टाढा रहने सल्लाह दिन्छन् । यसका साथै तनावले महिलाहरूको प्रजनन क्षमतामा नराम्रो असर गर्दछ ।

एक गाइनोकोलोजिस्टका अनुसार तनाव कम गर्ने कैयौं तरिकाहरू छन् । सबैभन्दा पहिला आफूलाई जान्ने प्रयास गर्नुपर्छ कि आफूलाई कस्तो प्रकारको तनाव छ ?

जस्तै : तपाईंलाई आफ्नो काम, समय व्यवस्थापन, शरीरको तौलसम्बन्धी तनाव छ वा गर्भवती नभएको जस्ता कुराको तनावले एउटा महिलाको प्रजनन क्षमतामा एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

त्यसैले, तनावलाई व्यवस्थापन गर्ने र मानसिक ताजगीपन महसुस गर्नु प्रजनन क्षमतामा सुधार ल्याउन मद्दत पुग्न सक्छ । तनाव काम गर्ने केही उपायका बारेमा तल बताइएको छ।

स्वस्थ खानपान खानुपर्छ

खानपानले प्रजनन क्षमतामा एकदमै ठूलो प्रभाव पार्दछ । यदि, खानपान सही भएन भने महिलाको प्रजनन क्षमता र हर्मोनहरूको सन्तुलनमा नकारात्मक असर पर्दछ । खाना समयमा खानुपर्दछ, नास्ता गर्नु जरुरी हुन्छ, हरियो सागपात तथा तरकारीसँगै भिटामिन ‘सी’ ले भरपूर खानपान गर्नुपर्दछ । यदि, तपाईं गर्भधारण गर्न चाहिरहनुभएको छ भने तपाईंले स्वस्थकर खानपानमा ध्यान दिनैपर्ने हुन्छ ।

 राम्रो निद्रा लिनुपर्छ

शान्त संगीत सुन्नाले राम्रो निद्रा आउनुको साथै निद्राको चक्र पनि राम्रो हुन्छ । हरेक महिलाले ८ देखि १० घण्टा राम्रो निद्रा लिनुपर्दछ, किनकि गर्भधारण गर्ने समयमा दिमाग राम्रो हुनु पनि एकदमै महत्त्वपूर्ण हुन्छ । दिमागले राम्रो महशुस गरेमा मात्र राम्रो निद्रा लाग्दछ।

दम्पत्तिमा राम्रो सञ्चार हुनुपर्छ

श्रीमान् र श्रीमतीबीच खुलेर कुराकानी हुनु एकदमै महत्त्वपूर्ण हुन्छ । यसले कुनै पनि आशंका, डर तथा गलत बुझाइहरूलाई सुल्झाउन मद्दत पुग्छ । बच्चाको विषयमा दुवैको धारणा एउटै भएमा मात्र गर्भको योजना बनाउनुपर्दछ । कतिपय अवस्थामा पुरुषले ध्यान नदिँदा महिलालाई मानसिक तनाव भइरहेको पनि हुन सक्छ ।

भिटामिनको सेवन

प्रजनन क्षमतालाई राम्रो बनाउनका लागि भिटामिनले एकदमै ठूलो भूमिका खेल्दछ । भिटामिन ‘ई’, फोलिक एसिड, भिटामिन ‘बी’ १२, गर्भधारण गर्ने समयमा पनि एकदमै जरुरी हुन्छन्।

योगा तथा व्यायाम 

स्वस्थ रहनका लागि व्यायाम एकदमै जरुरी हुन्छ । यसले तपाईंको तनाव कम गर्नुका साथै, यदि तौल धेरै भए पनि कम गर्छ । साथै, शरीरमा रगतको सञ्चार राम्रो हुन्छ जसले गर्दा तपाईंको दिमाग पनि शान्त रहन्छ । त्यसैले, तनावबाट बाहिर आउनका लागि पनि व्यायाम तथा योग गर्नु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved